Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Tuesday, March 17, 2015

भवन निर्माण कार्य अन्तिम चरणमा


सुरुङ्गा (झापा) ३ फागुन । झापाको बिर्तामोड नगरपालिकामा निर्माणाधीन यातायात व्यवस्था कार्यालय मेचीको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाल सरकारको रु एक करोड ६७ लाख ५७ हजार ६ सय ७८ रुपैयाँ २५ पैसाको लागतमा निर्माण भइरहेको तीन तले भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख जयकुमार घिमिरेले जानकारी दिनुभयो ।



कलस यात्राबाटै ६ बालक बेपत्ता

           
सुरुङ्गा (झापा) ३ चैत । दक्षिणी झापाको चकचकीबाट  ६ जना बालक हिजो दिउसोदेखि  अचानक एकसाथ बेपत्ता भएका छन् ।
चकचकी – ४ का १२ देखि १६ वर्ष सम्मका ६ जना बालक हिजो दिउसो २ बजेबाट बेपत्ता भएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा २१ जना अपाङ्गता भएका विद्यार्थी सहित १५ हजार ८ सय २३ जना एसएलसीमा सहभागी हुँदै

       
सुरुङ्गा (झापा) २ चैत  । चैत ५ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षमा झापाबाट २१ जना अपाङ्गता भएका विद्यार्थी सहित १५ हजार ८ सय २३ जना विद्यार्थी  परीक्षामा सामेल हुने भएका छन् ।
जिल्ला शिक्षा कार्यालय झापाले दिएको जानकारी अनुसार कनकाई नगरपालिकामा रहेको कन्काई माध्यमिक विद्यालय सुरुङ्गाका १३ जना सुस्त श्रवण, गरामनीमा रहेको दुर्गा माध्यमिक विद्यालय र दमकमा रहेको सरस्वती माध्यमिक विद्यालयका ८ जना विद्यार्थी सहित १५ हजार ८ सय २३ जना विद्यार्थी  परीक्षामा सामेल हुने भएका हुन् ।

Saturday, November 1, 2014

रिक्सा कुदाएर डाक्टर बन्ने सपना




[सुरेन्द्र भण्डारी]
बिर्तामोड, कात्तिक १५ । आर्थिक अबस्था कमजोर भएपनि आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्  सुनिलकुमार राजवंशी ।
मोरङको आपगाछी – ७ मा २०४६ सालमा इन्द्रलाल र उजनीदेवी राजवंशीका जेठा छोराका रुपमा जन्मिएका उनी यतिवेला बिर्तामोडमा रहेको कञ्चनजंघा इन्ष्टिच्यूट अफ हेल्थ साइन्स प्रा।लिमा ल्याव टेक्निसियन अध्ययन गर्दैछन् । आर्थिक अबस्था कमजोर भएका राजवंशीले २०६३ सालमा मोरङको वहुवन स्थित  जनता माध्यमिक विद्यालयबाट प्रवेसिका परीक्षा ९एसएलसी० उत्तीण गरेका थिए ।  आर्थिक अवस्था कमजोर भएकै कारण उनले दैनिक मजदुरी गरेर  विराटनगरमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा शिक्षा विषय लिएर प्लसटु सम्मको अध्ययन गरे । तर, त्यो भन्दा अघि अध्ययन गर्न उनलाई आर्थिक समस्याले सतायो र अध्ययनलाई निरन्तरता दिन नसकेको राजवंशी बताउँछन् ।

Thursday, October 30, 2014

बुढ्यौलीले छेकेन चुडाललाई


सुरुङ्गा (झापा) ३१ असोज । श्रम गर्न बुढ्यौलीले छेक्दैन भन्ने झापाको गरामनी –९ निवासी भोला चुडालले प्रमाणित गर्नु भएको छ । ६८ वर्षीय चुडालले पत्थरभिट्टामा नेपाली कागज उद्योग सञ्चालन गरेर जाँगरलाई बुढ्यौलीले छेक्दैन भन्ने प्रमाणित गर्नु भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय चन्द्रगढी झापामा २०६५ सालमा ज्योति नेपाली हाते कागज उद्योग दर्ता गराएर उहाँले नेपाली हाते कागज उत्पादन गर्दै आउनु भएको छ ।  चुडालले परम्परागत सीपबाट उत्पादन गरिने नेपाली हाते कागजलाई व्यवस्थित रुपले उत्पादन गर्न घरमा नै उद्योग सञ्चालन गरेपछि  उहाँलाई अहिले जीवीकोपार्जनको लागि सोही उद्योग गतिलो माध्यम बनेको छ  ।


इलाम,पाँचथर,ताप्लेजुङ्ग लगायतका पहाडी जिल्लाका  जङ्गलमा पाइने लोक्ता, अर्गेली, सिक्रे जस्ता वनस्पतिबाट उत्पादन गरिने हाते कागजको माग दिनानुदिन बढेपछि कच्चा पर्दाथ ताप्लेजुङ्गबाट झिकाएर हाते कागज उत्पादन गर्ने गरेको चुडालले बताउनु भयो ।  जसबाट चुडालले  खर्च कटाएर मासिक ५० हजार माथि आयआर्जन गर्ने गरेको जानकारी दिनुभयो ।

झापामा केराखेती घट्तै

 
सुरुङ्गा (झापा) १४ कात्तिक ।  व्यवसायिक केरा खेतीका लागि निक्कै प्रख्यात छ झापा ।   तर, पछिल्लो समय मजदुर अभाव र रोगका कारण झापाका अधिकांश कृषकले यो व्यवसाय छाड्दै गइरहेका छन् ।
 २०६० सालबाट दक्षिणी झापाको घेरावारीका कृषक डम्वर पाहिमले रोएष्ट्र नामक उन्नत जातका केरा १० विगाह क्षेत्रफलमा लगाएर झापामा व्यवसायिक रुपमा  केरा खेतीको सुरुवात गरिएको थियो । तर, केरामा डढुवा र गवारो रोगको प्रकोप बढेको र गाउँका अधिकांश युवा विदेश पलायन भएकाले झापामा अहिले यो  व्यवसाय लोपउन्मुख जस्तै भएको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक वुलुराम राजवंशीले बताउनु भयो ।

ब्लग सेयर गर्नुहोला।