Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Sunday, August 31, 2014

स्वर्ण महोत्सवको तयारीमा मेची क्याम्पस


बिर्तामोड,भदौ 15   । मेची बहुमुखी क्याम्पस भद्रपुरले स्वर्ण महोत्सव असोज २,३ र ४ गते एक विषेश समारोहकाबीच समापन गर्ने भएको छ ।
मेची अञ्चलकै जेठो र ठूलो शैक्षिक प्रतिष्ठानका रुपमा चिनिएको सो क्याम्पसले ०७० असोज १३ गतेबाट एक वर्षभरिको कार्यक्रम तय गर्दै स्वर्ण महोत्सव मनाउन शुरु गरेको थियो । स्वर्ण महोत्सव समापनका अवसरमा क्याम्पस स्थापनार्थ जग्गादाता, चन्दादाता, भवनका कोठा निर्माणदाता, निर्माण समिति, सञ्चालक समिति र व्यवस्थापन समितिमा बसेर निःशुल्क सेवा गर्ने शिक्षासेवी, छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्ने दाता, भूतपूर्व विद्यार्थीलगायत सयौं व्यक्तित्वहरुलाई सम्मान गरिने क्याम्पस आज झापाको बिर्तामोड स्थित सिके चिन्तन प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलन समापन गर्न ३देखि४० लाख रुपैयाँ लाग्ने पत्रकार सम्मेलनमा आर्थिक समिति संयोजक चित्रवहादुर श्रेष्ठले बताए । सम्मेलनका लागि क्याम्पसको आन्तरिक  व्यवस्थापनबाट दसलाख जुटाइने र बाँकी रकम झापाबाट संविधान सभामा प्रतिनिधित्व गर्ने २१ सभाषद्,क्याम्पसका पूर्व विद्यार्थी,झापाका उद्योगी व्यवसायी लगायतलाई सहयोग माग्ने  पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रममा दाता र सहयोगीहरुलाई सम्मान गर्नुपर्ने भएकाले बढी खर्च लाग्ने स्वर्णमहोत्सव प्रचार प्रचार समितिका संयोजक चिन्तामणि दाहालले बताए । महोत्सवका लागि क्याम्पस प्रमुख उमनाथ ओलीको संयोजकत्वमा पाँच सय एक सदस्यीय मूल समिति गठन गरेको छ । मूल समितिले विभिन्न १८ वटा उपसमिति बनाई जिम्मेवारीसमेत तोकेको बताइएको छ । महोत्सव समापन विशेष समारोहका लागि चित्रबहादुर श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन, चिन्तामणि दाहालको संयोजकत्वमा प्रचारप्रसार, डा. पृथ्वीविक्रम राईको संयोजकत्वमा मञ्च व्यवस्थापन, वाशु न्यौपानेको संयोजकत्वमा स्वयम्सेवक परिचालन, प्रा.डा. के आर खम्बुको संयोजकत्वमा वातावरण उद्यान तथा सरसफाई, शिरो सान्दाईको संयोजकत्वमा सांस्कृतिक, डा. अखिलेशकुमार झाको संयोजकत्वमा खाद्य व्यवस्थापन, होमनाथ सुवेदीको संयोजकत्वमा स्मारीका, कृष्णकुमार मैनालीको संयोजकत्वमा स्वास्थ्य  उपचार, जीवन पोखरेलको संयोजकत्वमा यातायात तथा आवास व्यवस्थापन, कमल गुरागाईको संयोजकत्वमा साहित्यिक तथा प्रज्ञिक उपसमिति गठन गरेको छ ।
त्यसैगरी कमला दाहालको संयोजकत्वमा स्वागत सत्कार, अरुण भट्टराईको संयोजकत्वमा स्वर्ण महोत्सव स्तम्भ निर्माण, शम्भु ढकालको संयोजकत्वमा खेलकुद व्यवस्थापन, तिलक प्याकुरेलको संयोजकत्वमा सम्मान तथा मुल्याङ्कन र कुमार बस्नेतको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको प्रचारप्रसार उपसमितिका संयोजक चिन्तामणि दाहालले बताए । क्याम्पसले स्वर्ण महोत्सवलाई सम्झनायोग्य बनाउन क्याम्पस परिसरमा स्वर्ण महोत्सव स्तम्भ निर्माण गर्दैछ । शहीद राम थापाको शालिक रहेको क्षेत्रलाई उद्यानको रुपमा विकसित गर्ने, सरस्वतीको मन्दिर निर्माण गर्ने र अतिथि आवाश गृहसमेत निर्माण गर्ने पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले बताए  ।
२०२१ साल असोज १२ गते मेची महाविद्यालयका नाममा आई.एको पठनपाठन सुरु गरेको क्याम्पसले २०२६ सालदेखि बीएको पठनपाठन सुरु गरेको हो ।  २०३० सालमा नयाँ शिक्षा नीति लागू भएर क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले आङ्गिक बनाएपछि बीएको पठनपाठन स्थगित भएको थियो ।  
२०३३ सालमा बीएको स्वीकृति ल्याएर क्याम्पसले स्थगित भएको कक्षा पुनः सञ्चालन गरेको थियो । २०३९ सालमा व्यवस्थापन प्रमाणपत्र हुँदै ०४३ सालमा व्यवस्थापनकै स्नातक तह, ०४६ सालमा आइएस्सी र कानुनको प्रमाणपत्र तह, ०५३ सालमा बीएस्सी र कानुनमा स्नातक तह, ०५५मा नेपाली विषयमा एमए, ०५७ मा अर्थशास्त्रमा एमए, ०६७ मा स्नातक तहमा वातावरण विज्ञान र व्यवस्थापनमा एमबीएस, अंग्रेजीमा एमए, ०६८मा समाजशास्त्रमा एमए र चिया विज्ञानमा स्नातक तहको कक्षा सञ्चालन गर्दै ०७० सालमा व्यवस्थापनमा बीबीएको कक्षा सुरु गरेको छ ।
०६६ सालमा विश्वविद्यालयबाट प्रमाणपत्र तह खारेजसँगै क्याम्पसकै पेरीफेरीमा अन्य कलेजलाई सम्बन्धन दिएपछि मेची क्याम्पसमा विद्यार्थीको संख्या घट्दो छ । प्रमाणपत्र तहसमेत भएको बेला ५ हजार बढी विद्यार्थी भएको क्याम्पसमा अहिले सबै तहमा गरी ८०० विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा विभिन्न विषयका एक सय १२ जना प्राध्यापक छन् भने ५५ जना कर्मचारी कार्यरत छन् । क्याम्पसले संख्यात्मक भन्दा पनि गुणात्मक विद्यार्थी उत्पादन गर्ने तथा रोजगारमूलक र प्राविधिक विषयको अध्यापन गराउने लक्ष्य राखेको क्याम्पस प्रमुख उमनाथ ओली बताउँछन् । संख्यात्मक हिसाबले विद्यार्थी घटेपनि यसका भौतिक संरचनाहरुको उपयोग गर्दै आवस्यक थप भौतिक संरचना निर्माण गर्दै क्याम्पस निरन्तर अघि बढेको उनको भनाई छ ।
मेची क्याम्पसको स्वामित्वमा एक सय ४५ विगाहा १८ कठ्ठा जग्गा छ । जसमध्ये क्याम्पस रहेको ठाउँमा १५ बिगाहा दुई कठ्ठा छ भने शरणामतीमा एक सय २० बिगाहा दुई कठ्ठा, ईटाभट्टामा नौं बिगाहा १६ कठ्ठा, हल्दीबारीमा एक बिगाहा र डाँगिबारीमा १७ कठ्ठा जग्गा छ । त्यसमध्ये क्याम्पस हातामा रहेको साढे सात बिगाहा र डाँगिबारीमा रहेको जग्गा क्याम्पसले खरिद गरेको हो । शरणामतीको जग्गा स्व. देवीप्रसाद उप्रेतीले र ईटाभट्टाको जग्गा टीकालाल राजवंशीलगायतले दिएका हुन् । हल्दीबारीको जग्गा पूर्णप्रसाद भुर्तेलको तर्फबाट प्राप्त भएको क्याम्पस स्रोतले जनाएको छ । अन्य धेरै दाताहरुले क्याम्पसलाई जग्गा उपलब्ध गराएका छन् । त्रिभुवन विश्वविद्यालयले २० प्रतिशत विद्यार्थीलाई गरीव तथा जेहेन्दार छात्रवृत्ति र हरेक वर्ष विभिन्न संकायबाट उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने एक÷एक जना छात्रछात्रालाई जेहेन्दार छात्रवृत्तिको व्यवस्था गरेको छ । २०४६ सालमा शाहदत प्राप्त गर्ने विद्यार्थी राम थापाको नाममा बिर्तामोडका शिक्षासेवी स्व बृहस्पति प्रसाई र उनकी धर्मपत्नी गंगाको नाममा वृहस्पति–गंगा छात्रवृत्ति र भद्रपुरका शिक्षासेवी स्वयम्भुलाल श्रेष्ठको स्मृतिमा उनका छोरा धनजुजु श्रेष्ठले राखेको स्वयम्भुलाल स्मृति छात्रवृत्ति छन् ।



Thursday, July 17, 2014

झापामा तीन प्रतिशत वालवालिका अझै विद्यालय वाहिर

शैक्षिक दृष्टिकोणले हेर्ने हो भने झापालाई विकसित र  शिक्षित जिल्लाको रुपमा चिनिने गरिएको छ । तर, झापामा अझैपनि झण्डै तीन प्रतिशत वालवालिका विद्यालय वाहिर छन् । गत वर्षको तुलनामा यसवर्ष झापामा सामुदायिक विद्यालयमा भर्ना दर बढेपनि लक्षित समुदायका केही वालवालिका विद्यालय भर्ना भएका छैनन् । विद्यालय उमेर समूहका चार प्रतिशत वालवालिका गतवर्ष विद्यालय वाहिर रहेपछि यसवर्ष जिल्ला शिक्षा कार्यालय झापाले सबै वालवालिकालाई विद्यालयको पहुँचमा ल्याउन विशेष अभियान नै सञ्चालन ग¥यो तर पूर्णरुपमा सफल हुन सकेन । निरक्षरता उन्मुलनका लागि जिल्ला शिक्षा कार्यालय झापाले साक्षर अभियान सञ्चालन गर्नु पूर्व नै सबैमा शिक्षाको पहुँच पु¥याउन खोजेपनि पूर्ण रुपमा सफल हुन सकेको छैन । आगामी बर्षबाट जिल्लालाई पूर्ण रुपमा निरक्षरता उन्मुलन गरी साक्षर जिल्लाको रुपमा घोषणाका लागि निरक्षरता उन्मुलन अभियान थालिने जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद रेग्मीले बताए ।

Sunday, July 6, 2014

महिला बर्गको सञ्चार क्षेत्रमा आकर्षण बढ्दो

    

नेपालमा महिला पत्रकारको संख्या कम छ । त्यसमा पनि मोफसलमा महिला पत्रकारको संख्या ज्यादै न्यून छ । भौगोलिक बनावटका हिसावले अति नै कठिन र विकासका हिसावले पनि पछि नै रहेको हाम्रो जस्तो मुलुकमा रेडियोको भूमिका महत्वपूर्ण हुन्छ । तर,प्रभावकारी सञ्चारमाध्यमका रुपमा रहेको  रेडियोमा काम गर्ने महिला सञ्चारकर्मी पुरुषको तुलनामा कमै छन् । पुरुषको तुलनामा महिलाहरुलाई अझैं पनि सामाजिक, पारिवारिक, सुरक्षा र काम गर्ने उचीत बातावरण नभई रहेको अवस्थामा झापामा भने महिला सञ्चारकर्मीको संख्या बढ्दै गएको छ । झापाका विभिन्न ठाउँमा विद्युतीय सञ्चारमाध्यम खुल्ने क्रम तीव्र भएसंगै रेडियोकर्मी बन्न झुकाव राख्ने महिलाको संख्यामा वृद्धि भएको हो ।
समय–समयमा विभिन्न रेडियोले सञ्चालन गरेको तालिममा सहभागी भएर महिलाले पनि आफ्नो नेतृत्व विकाससंगै विद्युतीय माध्यममा पहुँच जमाउन सफल भएका छन् । जसमध्ये    लामो समयदेखि रेडियोमानै लगनशील र निष्ठापूर्वक काम गर्दै आएर हाल समाचार सम्पादकका रुपमा कार्यरत झापा बिर्तामोड निवासी टीका लामिछाने  एक हुन् ।

Friday, July 4, 2014

मौलाश्रीको केस्रा नियालीसकेपछि



बैदेशिक रोजगारीको सिलसिलामा श्रम बेच्न मलेसिया पुगेका एक नेपालीले साहित्य विधामा छुट्टै खोज र अन्वेषण गर्दै केस्रा विधालाई जन्माएका छन् । नेपाली साहित्य आकासमा यो सम्भवतः कान्छो विधाकोरुपमा उदय भएको नविनतम् चिन्तन पनि हो । साहित्यप्रतिको रुची, खोज र समायानुकुल फेरबदलकै क्रममा झापाली यूवा मौलाश्री लिम्बूले मलेसियामा रहेर सन् २०१२ जनवरी–१ तारिककादिन मलेसियाको राजधानी क्वालालाम्पुरबाट केस्रा विधाको घोषणा तथा दस्तावेज सार्वजनिक गरेका थिए । सृजनशिलता आफूमा एक अब्बल उत्कृष्ट र कालजयी कर्म हो । विचारलाई सकारात्मक, सृजनशील, उर्वर र जीवन–जगतको हितमा व्यवहारतः कार्यान्वयन गराउनु अर्को महान मानवीय कार्य हो । फलस्वरुप नेपाली साहित्यमा आयातित विधाहरुको हिमालचुली चलीरहेका वेला छुट्टै पहिचान र बेग्लै पहिचान खोजिनु आफैमा एउटा महत्वपूर्ण उपलव्धी हो ।
विश्व साहित्यमा हालसम्म अनेकौ विधाहरु प्रतिपादन भइसकेका छन् । ती विधाहरु राष्ट्र र राष्ट्रिय भाषा अन्र्तगत प्रचलनमा आउनुका साथै अन्य भाषामापनि रुपान्तरण भई स्थापित भई सकेका छन् । समय र परिवेश बमोजिम कतिपय विधाहरुको विषयगत क्षेत्र, आगमन र संसोधन हुँदै गएको हामी पाउन सक्छौं । ‘शारदा’ युगमा नेपाली साहित्यको पश्चिमी साहित्यसंग एकीकरण भएपछि आधुनिक साहित्यका लघु र लघुतम स्वरुपहरुको लेख्न, पढ्न र समिक्षणमा तिव्रता आएको हो । नेपाली साहित्यमा समस्या पूर्ति र लघु कविता नेपालीको एकीकरणसंगै लेख्न थालिएपनि वि स १९५८ मा छापाखाना भित्रिएपछि पद्य र गद्यमा साहित्यका लघुरुप देखिन थाले । विश्व साहित्यलाई गजल, उर्दु, हिन्दीबाट आयो, हाइकु र ताङका जापानबाट, सिओ कोरियाबाट आयो भने रवाई अरबबाट आएको हो । साहित्य विद्यामा प्रत्येक विधाको छुट्टै तत्व तथा आधारहरु हामी पाउँछौं । मूलतः साहित्यलाई चार प्रकारमा विभाजित गरिएको छ । जसमा आख्यान, कविता, निबन्ध र नाटक रहेका छन् । तिनलाई पनि अलग–अलग नजरले हेरिने गरिएको छ । जस्तोकी आख्यानभित्र हामी उपन्यास, कथा, लघुकथा, आत्मकथा आदिलाई राखिएको छ भने कविता विधामा कविता, गीत, गजल मुक्तक आदि पर्दछन् । त्यस्तै निवन्ध भित्र निवन्ध, प्रवन्ध नियात्रा संस्करण आदि र नाटकमा पनि एकाङ्की र पूर्णाकी पर्दछन् । जसलाई पनि अहिले आएर सुक्ष्म अध्ययनपछि दुई भागमा बाढेर चर्चा परिचर्चा गरिन्छ । आख्यान र अनाख्यान रहेका छन् । यसरी नेपाली साहित्यलाई सुक्ष्म अध्ययन गर्दा साहित्यप्रति श्रमिकहरुको संलग्नता बढेर गएको पाइन्छ हाल आएर लघु रुपका साहित्य रचना ह्वात्तै बढेका छन् । गद्यमा लघुकथा, निवन्ध, नियात्रा आदि विद्यामा काम भएका छन् भने लयात्मक विद्यामा कविता, गीत गजल, मुक्तम, रुवाई गीति कविता आदिमा आध्यात्मिक कलम चलेका पाइन्छ । मूलतः अहिलेसम्म स्थापित रहेका नेपाली साहित्य विद्याहरुको विषयवस्तुहरु फराकिलो हुने गर्छ ।


Wednesday, July 2, 2014

हलो जोतेर भएपनि एसएलसीमा डिस्टिङ्सन्



हल्दीवारी, असार । 
पढ्ने मन छ, खर्च जुटाउने माध्यम छैन । आफू पनि पढ्नु छ भाइ वहिनीलाई पनि पढाउनु छ, आर्थिक अवस्था कमजोर छ, घरको गर्जो पनि टार्नु छ । यी र यस्तै समस्याले गाँजेको छ झापा हल्दिवारी–१ का सागर मुर्मूलाई ।
यसैवर्ष प्रवेशिका परीक्षा ९एसएलसी०मा विशिष्ट श्रेणी ल्याएर उत्तीर्ण भएका सागर घरायसी समस्याका कारण पढ्न असहज भएपछि यतिवेला चिन्तित बनेका छन् । गएको ३१ गते परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको एसएलसी परीक्षाको नतिजा अनुसार आफूले विशिष्ठ श्रेणी ल्याएर प्रवेशिका परीक्षा उत्तीर्ण गरेको थाहा पाए । उनको नतिजाले घर मात्र होइन सिङ्गो सन्थाल वस्तीले नै खुशियाली मनाएको थियो । तर, त्यो खुशी सन्थाल परिवारका लागि क्षणिकमा सीमित बनेको छ । हल्दिवारी–१ निवासी साहेव र फूलमती मुर्मूका छोरा सागरले पूर्णाङ्कको ६ सय ४८ अर्थात ८१ प्रतिशत ल्याएर प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि परिवारले त  खुशी मनायो नै उनी अध्ययनरत सिग्मा इन्टरनेशनल इङ्लिस स्कूल हल्दिवारीले समेत खुशीयाली मनाएको  शिक्षक गोपाल गौतमले बताए । सिग्मा इन्टरनेशनल इङ्लिस स्कूलबाट प्रवेशिका परीक्षामा सामेल भएका २९ विद्यार्थीमध्ये उनीसँगै चारजनाले विशिष्ठ श्रेणीमा उत्तीर्ण बनेका छन् । सागरले परीक्षा लेखेका आठ विषयमध्ये सबैभन्दा बढी अंक एकाउन्टमा ९१ ल्याएका छन् । निम्न वर्गीय परिवारमा जन्मिएका सागर त्यो परिवारका जेठा छोरा हुन् । अत्यन्त मेहनती विद्यार्थीका रुपमा विद्यालयमा समेत चिनिएका सागरले विशिष्ठ अंक प्राप्त गर्नुमा उनको मेहनत र लगन हो भन्छन् विद्यालयका सस्थापक प्रिन्सिपल नवराज पराजुली ।

Tuesday, July 1, 2014

फिटनेश सेनटरमा गृहिणीदेखि विद्यार्थीसम्म

सुरेन्द्र भण्डारी,

 बिर्तामोड,  । अरुले भनेको सुनेका भरमा जिम गर्न थालेकी वाल्मीकि एजुकेशन फाउन्डेशन बिर्तामोडकी शिक्षक उशा नेपाल सापकोटाको जिम गर्नु अहिले दैनिकी नै बनेको छ ।

बिर्तामोडस्थित हनुमान सेन्ट्रलको चौथो तल्लामा विगत दुई वर्षदेखि सञ्चालनमा आएको सन्तुलन फिटनेश सेन्टरमा उनी दैनिक व्यायामका लागि आउने गरेकी छिन् । सुनेका भरमा जीम गर्न थालेकी उनका जीम अहिले स्वास्थ्य र दैनिकीसंग जोडिएको छ । आफ्नो शरीरलाई कसरी स्वास्थ्य राख्न सकिन्छ अहिले उनमा चिन्ता र चासोको विषय बनेको छ बिहान बेलुका । तर,उनमा रहेको चिन्ता बिस्तारै हराउदै जान मद्दत पु ¥याएको छ सन्तुलन फिटनेशले । दुई महिनादेखि फिटनेस सेन्टर जान थालेकी उनको तौल ह्वात्तै घटेपछ उनी एकाएक खुशी मात्र हैन दंग समेत परेकी छिन् । नियमित व्यामका कारण शरीरको तैल घटेपछि सापकोटा भन्छिन्–‘जीम गर्नु स्वास्थ्यका लागि सबैभन्दा लाभदायक रहेछ,मैले जीम गर्न थालेपछि आफ्नो शरीरको तैल त घटेको छ नै आफैलाई आफ्नै शरीरको बढी माया लाग्ने गरेको महसुस पनि गरेकी छु ।’

स्वास्थ्य जीवन जीउन चाहने महिला उनी मात्र होईन उनीजस्तै अहिले सन्तुलनमा दैनिक ३० बढी महिलाले नियमित व्यायाम गर्दै आएका छन् । नेपालमै पहिलो पटक महिलाहरुका लागि सुरक्षित र भरपर्दो ‘जिम सेन्टर’ सन्तुलन खोलिएपछि शहरी क्षेत्रका अधिकांश महिलाहरु जिम सेन्टर धाउने गरेका छन् । सापकोटा जस्तै झापा बिर्तामोड निवासी रुवी अग्रवाल पनि आफ्नो शरीरको तौल घटाउन दैनिक रुपमा सन्तुलन फिटनेसमा जाने गरेकको बताउँछिन् । विगत अढाई महिनादेखि व्यायामका लागि सन्तुलन फिटनेश जाने गरेकी अग्रवाल दुई महिनामा २० केजी तौल घटेपछि अहिले उनी निक्कै खुशी छिन् ।

गृहस्थी जीवन बिताउँदै आएकी उनको तौल ९५ केजी हुँदा दैनिक कामकाज गर्न असहज महसुस भएको बताउँदै उनले भनिन्– ‘अहिले २० केजी तौल घट्दा नयाँ जीवन पाएजस्तै अनुभव भएको छ ।’ आफ्नौ शरीरको तौलमा यति छिटो परिवर्तन आउँछ भनेर कहिल्यै नसोचेको उनी सुनाउँछिन् । फिटनेश सेन्टरलाई धन्यवाद दिँदै उनी भन्छिन्– ‘मजस्ता धेरै महिलाले यहाँ आएर आफ्नो शरीरको तौल मात्र घटाएका छैनन्, शरीरलाई समेत तन्दुरुस्त राखेका छन् ।’

फिटनेश सेनटरमा गृहिणीदेखि विद्यार्थीसम्म आउने गरेको सन्तुलन फिटनेश सेन्टरकी प्रशिक्षक रञ्जु दाहाल बताउँछिन् । सन्तुलन फिटनेशको स्थापना कालदेखि नै प्रशिक्षकको रुपमा काम गर्दै आएकी दाहाल भन्छिन् –‘अधिकांश महिला विवाहका लागि इङ्गेजमेण्ट भएपछि शरीर स्लीम बनाउन यहाँ आउँछन् ।’

ब्लग सेयर गर्नुहोला।